arrow

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १३ बुधबार
parliament-83-2-12.jpg

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने तय भएको हो।

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ। यसका साथै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'चलचित्र विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची समेत रहेको छ।

उता राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। साथै, मन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ