काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ । केही समय अघि देखि बैठक संचालन भएको हो ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ।
यसका साथै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्।