arrow

पूर्वमा पश्चिमी स्वाद, यसरी पुग्यो एरोमाका विद्यार्थीको हातमा उपाधि

logo
नारायण वली,
प्रकाशित २०८३ जेठ १६ शनिबार
Aroma Hospitality-programme-2.jpg

लुम्बिनी । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यका साथ झापाको दमकमा आयोजित दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्जमा बुटवलस्थित एरोमा हस्पिटालिटीका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली शेफ संघको आयोजना तथा व्यवस्थापनमा जेठ १ र २ गते सम्पन्न उक्त राष्ट्रिय स्तरको प्रतियोगितामा देशभरका २३ वटा टिमलाई पछि पार्दै एरोमा हस्पिटालिटीका विद्यार्थीहरुले प्रथम स्थान हासिल गर्न सफल भएका थिए । 

अन्तर्राष्ट्रिय नेपाली शेफ संघको आयोजनामा जेठ १ र २ गते सञ्चालित उक्त भव्य प्रतिस्पर्धामा एरोमा हस्पिटालिटीको प्रतिनिधित्व गर्दै सहभागी विद्यार्थीको टोलीले स्थानीय तथा रैथाने परिकारहरुको उत्कृष्ट समायोजन प्रस्तुत गरेर एक लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।

विद्यार्थीहरुले रैथाने स्वादको उत्कृष्ट संयोजन गर्दै नेपालको मौलिक र रैथाने खाद्य संस्कृतिको जगेर्ना गर्ने मुख्य लक्ष्यका साथ विशेष मेनु तयार पारेर प्रथम भएको विजेता शेफ सन्दीप बयम्बुले बताए । 

उनले भने- पाल्पाको प्रसिद्ध बटुक, स्थानीय कोदो राजवृक्ष, र खानाम वेद मिश्रित लोकल रक्सी (रानीमहल वाइन) बनाएर विशेष स्वाद पस्केका थियौं । त्यसैगरी चुकौनी, हाँसको मासुको परिकार र स्थानीय तरुलबाट बनाइएका परिकारहरु निर्णायक मण्डलको रोजाइमा पर्याे । आधुनिक प्रविधिको प्रयोग र मौलिक स्वादको बेजोड संगमले हामीहरुलाई सर्वोत्कृष्ट बनायो ।

यस्तै प्रतियोगितामा उत्कृष्ट बनेर फर्किएका विद्यार्थीहरुले राष्ट्रिय स्तरमै बुटवलको नाम उच्च राख्न सफल भएपछि एरोमा हस्पिटालिटीले आफ्ना विजेता विद्यार्थीको हौसला बढाउन र उनीहरुको योगदानको कदर गर्न एरोमा हस्पिटालिटीले शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिँदै उक्त कार्यक्रममा विजयी विद्यार्थीहरुलाई कदर पत्रद्वारा सम्मान गरेको छ । कार्यक्रममा शेफहरु अर्जुन जिसी, सन्दीप बयम्बु, पोम बहादुर थापा र सागर चन्द्र रायमाझी सम्मानित भएका छन् । 

कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख शेफ बृजेश गुप्ता, श्रेष्ठ मिट सप लक्ष्मण प्रसाद श्रेष्ठ लगायत हस्पिटालिटी क्षेत्रका विज्ञ तथा प्रशिक्षकहरुले युवा पुस्तामा बढ्दो पाककलाको मोह र त्यसले पर्यटन तथा होटल उद्योगमा ल्याएको सकारात्मक ऊर्जाको चर्चा गरे ।

उनीहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको आत्मविश्वास बढाउनुका साथै नेपालको मौलिक ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै विजेता विद्यार्थीहरूले प्राप्त गरेको ऐतिहासिक सफलताले बुटवल क्षेत्रमै पाककलाको अध्ययन तथा अध्यापन गराउने संस्थाहरुको स्तर र विद्यार्थीको दक्षता प्रमाणित गरेको बताए । 

अमेरिकासहित ४५ वटा देशमा शेफको संगठन रहेको बताउँदै पर्यटन क्षेत्रको रुपमा चिनिने होटल रेष्टुरेन्टमा आन्तरिक एवं अन्तराष्ट्रिय पर्यटकहरुलाई खुवाउने विशेषगरी नेपाली परिकार बनाउन शेफको महत्त्वपूर्ण भूमिका रहेको आवश्यक्ता औंल्याएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ