केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको यालाछेमा, छ सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
562
Shares
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको यालाछेमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा शारदा माध्यमिक विद्यालयको आयोजनामा विद्यालयकै प्राङ्गणमा स्वास्थ्य शिविर भएको हो । विद्यालय नर्सले पनि प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा ५८६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ९८ जनाको भिडियो एक्सरे, ८७ जनाको ईसीजी गरिएको थियो । २८ जनाको दाँत खोलिएको थियो भने ३२ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।