arrow

प्रतिनिधि सभाको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा  नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित गर्ने मुख्य कार्यक्रम रहेको छ। 

बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

उक्त प्रतिवेदनमाथि प्राप्त भएका विभिन्न संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि सभापति पराजुलीले प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।

नियमावली पारित भइसकेपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् र अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। 

बैठकको अन्त्यतिर युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सदनसमक्ष पेस गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ