arrow

हुम्ला र बाजुरा सीमा विवाद, यथार्थ बुझ्न गृहको टोली सिमकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
ministry-home-affairs.jpg

काठमाडौँ । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न आएको यो टोली विवादित क्षेत्र लाम्पाटा र च्याचौर क्षेत्रको निरीक्षण गरेर सिमकोट पुगेको हो ।

टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा नागरिक अगुवासँग घटनाका बारेमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ । यसअघि, गत जेठ २ गतेदेखि ४ गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले यो टोली गठन गरेको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त विवादित क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको हो । सीमा विवादले उग्र रूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो, जसमा परी बाजुराका चार जना नागरिक घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । यही विवादको स्थायी समाधानका लागि जेठ ११ गते नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ