arrow

संसद् चल्न नदिने विपक्षीको निर्णयबीच प्रतिनिधि सभाको बैठक शुरू [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार

काठमाडौँ । विपक्षी दलहरूले संसद् अवरोध गर्ने निर्णय गरेकै बीच प्रतिनिधि सभाको बैठक शुरू भएको छ। 

प्रधानमन्त्री वालेन्द्र साहले आइतबार संसद्मा नेपाल–भारत सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने निष्कर्ष निकालेको थियो। सोही निर्णय र तीव्र राजनीतिक सरगर्मीका बीच प्रतिनिधि सभाको बैठक शुरू भएको हो।

आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ। उक्त प्रस्ताव प्रस्तुत भएसँगै बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल शुरू हुनेछ।

संसद्मा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणाप्रति प्रमुख प्रतिपक्षी लगायतका दलहरूले गम्भीर आपत्ति जनाएका छन्। प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले आज संसद् अवरोध गर्ने र विरोधलाई तीव्र पार्दै संसद् तताउने पूर्ण तयारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ