केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको ब्यासीमा, साढे सात सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
668
Shares
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा शुभकामना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीकै प्राङ्गणमा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ७४८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ११८ जनाको भिडियो एक्सरे, ९८ जनाको ईसीजी गरिएको थियो । २८ जनाको दाँत खोलिएको थियो भने ९२ जनाको ल्याब परीक्षण गरिएको थियो ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।