arrow

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
rabi-jay-shankar.jpg

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। 

उनीहरूबीच भएको छलफल मुख्य रूपमा भारत–नेपाल विकास साझेदारी तथा जनस्तरको सम्बन्धमा केन्द्रित रहेको बताइएको छ। यी पारस्परिक सम्बन्धहरूले दुवै देशको विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

नयाँ दिल्लीमा रास्वपाका सभापति लामिछाने तथा उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको कुरा भारतका विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। उक्त प्रतिनिधिमण्डलमा सभापति लामिछानेका साथ उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपा सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ