arrow

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्दै सभापति लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
rabi-lamichhane-19-02-india.jpg

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (बुधबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दै छन्। 

लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमण्डलले बुधवार बिहान १०:३० बजे नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न लागेको हो।

उक्त विशेष भेटघाटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयहरू तथा दुई देशबीचको सहकार्य र विकास साझेदारीका नयाँ आयामहरूबारे बृहत् छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि मङ्गलबार मात्र सभापति लामिछानेले भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग छुट्टाछुट्टै फलदायी भेटवार्ता गरिसकेका छन्। त्यसै गरी उनले भारतीय जनता पार्टी (भाजपा) का नेता नीतिन नवीनसँग पनि भेटघाट गरेका थिए। 

भाजपाको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि भारत पुगेको रास्वपाको यो टोली जेठ २२ गतेसम्म नयाँ दिल्लीमा रहने कार्यक्रम छ। 

भ्रमणका क्रममा टोलीले भारतका अन्य राजनीतिक नेतृत्व तथा सरकारी उच्च अधिकारीहरूसँगको भेटघाट र संवादलाई निरन्तरता दिने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ