arrow

लुम्बिनी प्रदेश सरकार

एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
Lumbini Province Mukhyamantri office.jfif

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। 

आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच जना मन्त्री रहेका थिए। तीमध्ये मुख्यमन्त्रीबाहेक अन्य चार जना मन्त्रीहरूले राजीनामा दिएका हुन्।

मन्त्रिपरिषद्बाट राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्। 

एमाले मन्त्रीहरूको यो सामूहिक राजीनामासँगै लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ