arrow

सेन्सेईद्वारा विश्वकप हेरौला विशेष उपहार योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
cg-electronic-sensei-tv-worldcup-jun2-2026.jpg

काठमाडौँ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा सिजी इलेकट्रोनिक्स अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेईले आफ्ना ग्राहकहरूका लागि विशेष ‘सेन्सेईमा विश्वकप हेरौला’ उपहार योजना सार्वजनिक गरेको छ। नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेण्टी तथा सहज ईएमआई सुविधा समावेश गरिएको छ।

यस योजनाअन्तर्गत सेन्सेई टिभी खरिद गर्ने ग्राहकहरूले लक्की ड्र मार्फत फ्री एसी जित्ने अवसर प्राप्त गर्नेछन्। साथै ग्राहकहरूले रु. २३,४०० सम्मको आकर्षक क्यासब्याक सुविधा पनि प्राप्त गर्न सक्नेछन्। विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले सेन्सेईले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेण्टी समेत उपलब्ध गराएको छ।

सेन्सेई स्मार्ट टिभीहरूमा उपलब्ध ४के अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो तथा वेबओएस स्मार्ट प्लेटफर्म जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन्। उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ।

“विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। सेन्सेईको अत्याधुनिक प्रविधि, विशेष वारेण्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,” कम्पनीले जनाएको छ।

ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल ईएमआई सुविधा समेत उपलब्ध गरिएको छ, जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक सिजी इलेकट्रोनिक्स शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ। सेन्सेई ब्रान्डले नेपाली बजारमा रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कूलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेईले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ।

देशभर रहेका सिजी इलेकट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ। कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ