arrow
ADVERTISEMENT

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन

कांग्रेसका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
sudur-paschim-oath.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट नियुक्त भएका तीन जना मन्त्री र दुई जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

सोमबार आयोजित एक विशेष समारोहका बिच नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ।

नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यसै गरी मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीतर्फ जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको छ।

नेपाली कांग्रेसभित्र केही समयदेखि चल्दै आएको आन्तरिक विवाद र असन्तुष्टि समाधानका लागि शीर्ष तहमा गरिएको सहमतिअनुसार नै यो मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। 

नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको असन्तुष्ट पक्षले समेत आधिकारिक रूपमा प्रतिनिधित्व पाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ