arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा “भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८२” सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
city-express-awarded-2083-june-2026.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८३ जेठ २४ गते कुपण्डोलस्थित होटेल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०८२” प्रदान गरिएको छ।

सो सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र सङ्गीततर्फ वरिष्ठ सङ्गीतकार सि.के. रसाईलीलाई जनही नगद पुरस्कार रु. १,००,००१ सहित प्रदान गरिएको छ। नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै उक्त पुरस्कार रकम क्यान्सर समाजलाई हस्तान्तरण गरेकी छन्। उनकै पहलमा क्यान्सर रोग लागेका कलाकारलाई सहयोग गर्न हालै मात्र क्यान्सर समाज स्थापना गरिएको राणाले बताइन्।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ सङ्गीतकार गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिको यो सम्मान साङ्गीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका सङ्गीतकर्मीलाई प्रदान गर्दै आएको छ।

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए। भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले सङ्गीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ भने सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ। साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ