सरकारलाई बदनाम गर्ने नियोजित प्रयास भइरहेको अर्थमन्त्री वाग्लेको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
255
Shares
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढिरहेको अवस्थामा सरकारलाई नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको बताएका छन्।
प्रतिनिधि सभाको अर्थ समितिमा बोल्दै उनले केही समूहले आधारहीन आरोप उचालेर सरकारलाई कमजोर बनाउने प्रयत्न गरिरहेको दाबी गरे। उनले देशको राजनीति र दलहरूलाई विकृत बनाउने गतिविधिमा संलग्न समूह अझै सक्रिय रहेको भन्दै सतर्क रहन आग्रह गरे।
वाग्लेले करका दरबारे उठाइएका प्रश्नहरू पनि कुनै ठोस आधारविना आएको भन्दै प्रारम्भमै खारेज हुने प्रकृतिका रहेको बताए। उनले सरकार सुशासन कायम गर्न दृढ रहेको र नियतमा कुनै कमजोरी नभएको स्पष्ट पारे।
उनले “सबैभन्दा ठूलो वित्तीय अपराधमा संलग्नहरू छिट्टै न्यायको कठघरामा पुग्नेछन्” भन्दै छानबिन निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
सेतो कपडामा हिलो छ्याप्दा केही दाग बाँकी रहने उदाहरण दिँदै उनले सरकारको छवि धुमिल पार्ने उद्देश्यले गलत प्रचार भइरहेको हुन सक्ने आशंका पनि व्यक्त गरे।