सांसद शाही भन्छन् – सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
146
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सीमानाको विषय अतिसंवेदनशील भएकाले यसमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि समय लिएर सांसद शाहीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने अभिव्यक्ति सच्याइनुपर्ने माग दोहोर्याए ।
सीमानामा रहेका नेपालीहरू हरेक दिन देशको रक्षाका लागि लडिरहेको तर्फ सदनले गम्भीरताका साथ लिनुपर्ने बताए ।