arrow
ADVERTISEMENT

आज तीन ओटा संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन ओटा संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् सचिवालयका अनुसार आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।

बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूलाई छलफलका लागि बोलाइएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारीहरू, अर्थ मन्त्रालयका सचिव, महिला मन्त्रालयका सचिवका साथै भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवहरूसँग विषयगत छलफल हुनेछ।

यसै गरी बिहान साढे ८ बजे सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कयौँ महत्त्वपूर्ण र विविध एजेन्डाहरू तय गरिएका छन्। बैठकमा अघिल्ला बैठकहरूले गरेका निर्णयहरूको कार्यान्वयन र प्रगतिका बारेमा जानकारी लिइनेछ। यसका साथै लागु औषध नियन्त्रण ब्यूरोको चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको कार्य प्रगति एवं आगामी कार्ययोजनाका सम्बन्धमा पनि विस्तृत छलफल हुने कार्यसूची छ। सोही बैठकमा विभिन्न उपसमितिहरू गठन गर्ने विषयमा पनि छलफल हुनेछ, जसमा समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरीहरू अध्ययन गर्ने उपसमिति र समितिको कार्यक्षेत्रअन्तर्गतका मन्त्रालय एवं निकायहरूको कामकारबाही अध्ययन तथा निगरानी गर्ने उपसमिति रहेका छन्। साथै समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा समेत छलफल हुनेछ।

त्यस्तै, बिहान साढे ८ बजे नै सार्वजनिक लेखा समितिको बैठक पनि बस्दै छ। लेखा समितिको आजको बैठकमा विशेष गरी पछिल्लो समय निकै चर्चामा रहेको र सार्वजनिक रूपमा उठेको विद्युतीय सवारी साधनको भन्सार जाँचपाससम्बन्धी विवाद र प्रश्नहरूका उपरिमा केन्द्रित भएर घनीभूत छलफल हुने संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ