विश्वकपको दोस्रो खेलमा दक्षिण कोरिया र चेक गणतन्त्र पौने ८ बजे भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
565
Shares
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा चेक गणतन्त्र र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ अन्तर्गतको यो खेल मेक्सिकोको स्जापोपानस्थित स्टाडियो आक्रोनमा हुँदैछ ।
खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरू हुनेछ ।
यता मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउदै उद्द्दाटन खेलमा सुखद् शुरूआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार बिहान सम्पन्न भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरूआत गरेको हो ।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए ।
इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो ।
त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए ।
त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
यस जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ ।