विश्वकपमा दक्षिण कोरियाको शानदार पुनरागमन जित, चेक गणतन्त्र पराजित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
166
Shares
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया विजयी भएको छ । आज बिहान भएको समूह ए को खेलमा कोरियाले चेक गणतन्त्रलाई २-१ ले हराएको हो ।
दक्षिण कोरियाले पुनरागमन गोल गर्दै खेल जितेको हो । अधिकांश समय बल नियन्त्रणमा लिए पनि कोरियाले ५९ औँ मिनेटमा गोल खायो । लाजिस्लाभ क्रेजिसले गोल गरेका हुन् । भ्लादिमिर कौफालको पासमा क्रेजिसले गोल गरेका हुन् ।
त्यसपछि भने कोरियाले दुई गोल गर्दै खेल जित्यो । ६७ औँ मिनेटमा ह्याङ इन बेओमले गोल गरे । लि काङ इनको पासमा बेओमले गोल गरेका हुन् ।
८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २-१ ले जिताए । उनले बेओमको पासमा गोल गरेका हुन् ।
यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउदै उद्द्दाटन खेलमा सुखद् शुरूआत गरेको थियो । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरूआत गरेको हो ।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए ।
इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो ।
त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए ।
त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।
विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।