arrow

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
accident-final.jpg

बागलुङ । बागलुङमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक ढोरपाटन नगरपालिका-६ चामीदुवारका १८ वर्षीय आशिष घर्ती छन्।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार ढोरपाटन नगरपालिका-५ प्याङखोलामा बोबाङबाट सालझण्डी-ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजारतर्फ आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

उनका अनुसार ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनापछि चालकको शव घटनास्थलभन्दा करिब ७० मिटर तल फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मध्यरातमा भएको दुर्घटनाका कारण उद्धार कार्यमा केही कठिनाइ भएको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र खोजतलासपछि चालकको शव फेला पारिएको जनाइएको छ।

प्रहरी निरीक्षक मानन्धरले ट्याक्टरमा अन्य व्यक्ति रहेकाे आशंकामा खोजतलास गरिएको भए पनि चालक मात्रै रहेको पुष्टि भएको बताएका छन्।

उनले दुर्घटना राति करिब १ बजेतिर भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ