-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विश्वकप फुटबलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेलेका छन् । हार्ड रक स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ४१ औँ मिनेटमा साउदीले गोल गर्दै प्रारम्भिक अग्रता लियो । अब्दुल्लाह अल अलअमिरीले गोल गरे ।
जवाफमा उरुग्वेले ८० औँ मिनेटमा म्याक्सिमिलियानो अराउजोको गोलबाट बराबरी गर्यो ।
उरुग्वेले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि जित भने हासिल गर्न सकेन ।
उरुग्वेले नौ ओटा प्रहार गरेको भए पनि साउदीका गोलकिपरले उक्त प्रहार रोकेका थिए ।
यो खेलसँगै समूह एचको खेलमा पहिलो चरणमा सबै चार ओटै टिमको सामान एक अंक भएको छ ।
यसअघिको खेलमा डेब्यु टिम केप भर्डेले उपाधिकै दाबेदार स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।