arrow

विश्वकप फुटबलमा अष्ट्रियाको विजयी शुरूआत, जोर्डन पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
wcf-2026-austria-jordan.jpg
तस्बिर : एपी ।

काठमाडौँ । विश्वकप फुटबलमा अष्ट्रियाले विजयी शुरूआत गरेको छ । समूह ‘जे’ को अष्ट्रियाले आफ्नो पहिलो खेलमा बुधबार जोर्डनलाई ३–१ ले पराजित गरेको हो । 

खेलको २१ औँ मिनेटमा रोमानो सिमिडले गोल गर्दैै अष्ट्रियालाई गोल दिलाए । उनले जाभर सिलागरको पासमा गोल गरेका हुन् । 

खेलको ५० औँ मिनेटमा अलि ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा ल्याए । उनलाई गोलका लागि नुर अल रावादेहले बल पास गरेका थिए ।

६७ औँ मिनेटमा मार्को आर्माटोभिकले प्रहार गरेको गोल भने भीएआरले गोल दिएन । 

७६ औँ मिनेटमा जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेसँगै अष्ट्रियाले जितका लागि उपहार पायो । 

इन्जुरी समयको अन्तिम क्षणमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै मार्को आर्नाटिभचले अष्ट्रियालाई ३-१ ले जिताए । 

डीबक्सभित्र सलिम ओबैदनले ह्याण्ड गरेसँगै अष्ट्रियाले पेनाल्टी पाएको थियो । 

यो नतिजासँगै जोर्डनको डेब्यु खेल बिर्सनयोग्य भएको छ । 

 योसँगै समूह जे को पहिलो चरणको खेल सकिएको छ । समूहको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हराएर शीर्ष स्थानमा रहेको छ भने अष्ट्रिया दोस्रो स्थानमा छ । 

अंकविहीन जोर्डन तेस्रो तथा गोलविहीन अल्जेरिया चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ