arrow

ग्वाटेमालाको सरकारी बालबालिका आश्रय केन्द्रमा आगलागी, कम्तीमा २० जनाको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
guatemala.png
सान खोजे । ग्वाटेमालास्थित एक सरकारी बालबालिका आश्रय केन्द्रमा भएको आगलागीमा परी कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीभन्दा २५ किलोमिटर दक्षिणपूर्वमा रहेको सान खोजे पिन्युलाको आश्रय केन्द्रमा भएको आगलागीमा उक्त संख्यामा ज्यान गएको हो ।
 
मृतक सबै १४ देखि १७ वर्ष उमेरका थिए । घटनामा २३ बढी घाइते भएका छन् । 
 
प्रहरीको प्रारम्भिक अनुसन्धानले सोही केन्द्रमा आपसमा भएको झडपमा आगलागी गरिएको जनाएको छ ।
 
सो केन्द्रमा झडप भएपछि प्रहरीले मंगलबार त्यहाँ हस्तक्षेप गरेको थियो।
 
करिब ६० बालबालिका त्यहाँबाट भागेका थिए।
 
कतिपयले सो आश्रय केन्द्रमा आफूहरुलाई यौन दुर्व्यवहार गर्ने गरिएको आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ