arrow

काबुल अस्पताल आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुग्यो

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
afgan_mediaitem.jpeg
काबुल। अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ । काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ । चिकित्सकहरु लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यस आक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन् । 
 
छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमणमा परी प्रायः डाक्टर, नर्स, बिरामीहरू परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । 
 
उक्त आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन् । 
 
अफगानिस्तानमा जारी हिंसा हत्या र आतङ्कसँग आवद्ध द्वन्द्वमा परी गत बर्ष ३ हजार ४९० व्यक्तिको मृत्यु हनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहयोग मिसनले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ