arrow

संगठनभित्र चर्किएको विवाद

धवलशमशेरको पार्टी परित्यागपछि राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
dhawalshamser-ss.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बिहान ११ बजेदेखि काठमाडौँको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

 मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक संगठनभित्र चर्किएको विवादकाबीच बस्न लागेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ।

बैठकमा मुख्यतया पार्टीको आगामी महाधिवेशनको तयारी र साङ्गठनिक सुदृढीकरणका लागि भावी रणनीति तय गर्ने विषयमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।

यसका साथै, पछिल्लो समय पार्टीका प्रभावशाली नेता एवं पूर्वमहामन्त्री डा धवल शमशेर जबराले १८२ जनाभन्दा बढी नेता-कार्यकर्तासहित सामूहिक रूपमा पार्टी परित्याग गरेको विषय र त्यसले सिर्जना गरेको राजनीतिक परिस्थितिबारे बैठकमा विशेष समीक्षा हुने कार्यसूची छ। 

डा राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै राप्रपाको वैधानिक हैसियत समाप्त भएको दाबीसहित पार्टी छाडेर नयाँ राजनीतिक अभियान घोषणा गरिसकेका छन्।

यस फुट र यसबाट पार्टीको संगठनमा पर्न सक्ने प्रभाव तथा भावी रणनीतिबारे आजको बैठकमा शीर्ष नेताहरूबीच सघन छलफल हुने सरोकारवालाहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ