केएमसीको निःशुल्क स्वास्थ्य शिविर चितवनको खैरहनीमा, हजार बिरामीको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
248
Shares
चितवन । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले चितवनको खैरहनीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा आत्मा जागृति मिसन नेपाल तथा निरगिरी बचत तथा ऋण सहकारी संस्थाक लिमिटेडको आयोजनामा खैरहनीमा वृहत स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ९९२ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १५७ जनाको भिडियो एक्सरे, ९७ जनाको ईसीजी गरिएको थियो । १०८ जनाको ल्याब परीक्षण गरिएको थियो ।
२१ जनाको दाँत खोलिएको थियो । त्यसैगरी २४ जनालाई थप उपचारका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।