arrow

मोबाइल चोरीको निहुँमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, चार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर बर्बरतापूर्वक कुटपिट गरेको घटनामा संलग्न चार महिलालाई प्रहरीले पक्राउ गरेको छ।

 बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान तीव्र पार्दै ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइबालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले उक्त अमानवीय घटना मङ्गलबार भएको र यसबारे जानकारी प्राप्त हुने बित्तिकै प्रहरी टोली खटिएर दोषीहरूलाई पक्राउ गरेको बताए। 

कानुन हातमा लिएर बालबालिकामाथि यस्तो क्रूर व्यवहार गर्ने महिलाहरूविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

घटनाका सम्पूर्ण पक्ष र प्रमाणहरू सङ्कलन भइरहेको तथा अनुसन्धानको अन्तिम निष्कर्षका आधारमा कडा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुने प्रतिबद्धता प्रहरीले व्यक्त गरेपछि स्थानीयवासीले पनि राहत महसुस गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ