arrow

अहिलेसम्म को को पुगे विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
wcf-2026-16-11-team.jpg

काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोको सहआयोजनामा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म ११ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए । 

३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका ११ खेलबाट ११ टिम बाहिरिएका छन् भने ११ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका र स्पेन प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । 

त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो । 

त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो । 

त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ