arrow

सत्ताइस सय  विपद्जन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते, जनावरले लिए १४ को ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २० शनिबार
ndrrma-rastriya-bipad-jokhim.jpg
तस्बिर : फाइल

काठमाडौँ । यस वर्ष शुरू भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपद्जन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ती महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपद्जन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विपद् बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । 

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् । 

यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । 

जनावरको आक्रमणका १४७ घटनामा १४ को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।  

यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ । 

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपद्मा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ