arrow

घरमै सुतिरहेका आमाछोराको हात्तीको आक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
elephant-bahundangi-jhapa.jpg

काठमाडौँ । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हात्तीले अचानक घरमा आक्रमण गरेपछि आशिकाका श्रीमान् पूर्ण बोटेले हात्ती धपाउन आगो बालेका थिए। सोही क्रममा उनीहरूको कच्ची घरमा आगलागीसमेत भएको थियो।

घटनाको जानकारी पाएलगतै पुगेको प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा घरमा लागेको आगो नियन्त्रणमा लिइएको थियो। निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको त्रास कायमै रहेका बेला भएको यस दुःखद घटनाले स्थानीय नागरिक निकै त्रसित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ