एनआईसी एशिया बैङ्कद्वारा डडेलधुरा, रुकुम पश्चिम र अछाम जिल्लामा रहेका ४ वटा सामुदायिक विद्यालयहरूमा सहयोग प्रदान
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
174
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवदुर्गा गाउँपालिका–१, असुर्पा, डडेलधुरास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५ सेरीगाउँ, रुकुम पश्चिमस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, मङ्गलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँ, अछामस्थित श्री मङ्गला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मङ्गलसेन नगरपालिका, वडा नम्बर १४, कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको छ।
बैङ्कले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका १५३ भन्दा धेरै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने हेतुले २ वटा प्रोजेक्टर प्रदान गरेको छ। मिति २०८३ आषाढ १७ गते एक कार्यक्रमका बीच यस बैङ्कका डडेलधुरा शाखा प्रमुख पदम राज भट्टले उक्त विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टलाई उक्त प्रोजेक्टरहरू प्रदान गरे। त्यसै गरी, १०८७ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैङ्कले प्रिन्टर उपलब्ध गराएको छ। मिति २०८३ आषाढ १८ गते एक कार्यक्रमका बीच यस बैङ्कका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरज्यूले उक्त विद्यालयका प्रधानाध्यापक कम प्रसाद देवकोटालाई उक्त प्रिन्टर प्रदान गरे।
त्यसै गरी, गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पुर्याउन भन्दै बैङ्कले मङ्गला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ। मिति २०८३ आषाढ १८ गते एक कार्यक्रमका बीच ४८३ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत उक्त विद्यालयका लागि यस बैङ्कका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावलर सोही विद्यालयका प्रधानाध्यापक तेज बहादुर रावललाई उक्त ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर प्रदान गरे। यसै गरी, सोही दिन एक कार्यक्रमका बीच बैङ्कले ४०५ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको मङ्गलसेन नगरपालिका, वडा नम्बर १४ कालागाउँ, अछामस्थित अन्नपूर्ण माध्यमिक विद्यालयलाई यस बैङ्कका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका प्रधानाध्यापक छत्र विक्रम रावलज्यूलाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ।
बैङ्कले उक्त विद्यालयहरूलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँच र प्रशासनिक काममा सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।