arrow

अमेरिकी डलर स्थिर, युरो र पाउण्डको भाउ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
foreign-exchange-always-25.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरो र युके पाउण्ड स्ट्रलिङको मूल्यमा सामान्य वृद्धि भएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ०४ पैसा र बिक्री दर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन (आइतबार) पनि डलर सोही मूल्यमा खरिद–बिक्री भएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८८ पैसा र बिक्री दर १७४ रुपैयाँ ५७ पैसा कायम भएको छ। आइतबार युरो एकको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा थियो। युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ०१ पैसा र बिक्री दर २०३ रुपैयाँ ८१ पैसा तोकिएको छ, जुन अघिल्लो दिन खरिद दर २०२ रुपैयाँ ९९ पैसा र बिक्री दर २०३ रुपैयाँ ७९ पैसा थियो। स्वीस फ्रयाङ्क एकको खरिद दर १८९ रुपैयाँ २६ पैसा र बिक्री दर १९० रुपैयाँ ०० पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ५२ पैसा र बिक्री दर १०५ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०८ पैसा र बिक्री दर १०७ रुपैयाँ ५० पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ७२ पैसा र बिक्री दर ११८ रुपैयाँ १८ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरको भाउमा केही वृद्धि भएको छ भने क्यानेडियन र सिङ्गापुर डलरको मूल्य सामान्य घटेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ