arrow

जुम्लाको सिंजामा अविरल वर्षा, अन्नबाली नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
jumla-floods.jpg

काठमाडौँ । जुम्लाको सिंजा गाउँपालिका–३ धितालिही रोकायाबाडामा गएराति परेको अविरल वर्षाका कारण ठूलो क्षति भएको छ। वर्षाका कारण कृषकहरूले खेतबारीमा लगाएको अन्न, धान, कोदो, सिमी लगायतका विभिन्न कृषिबाली नष्ट भएको स्थानीयले जनाएका छन्।

वर्षाका कारण कृषिबालीका साथै स्थानीय बासिन्दाका भौतिक संरचनाहरूमा समेत क्षति पुगेको छ। बाढी र पहिरोको जोखिमका बीच प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ।

गएरातिको घटनापछि पीडित स्थानीय बासिन्दाले त्रसित अवस्थामा रहनुपरेको उल्लेख गर्दै सम्बन्धित सरकारी तथा सरोकारवाला निकायलाई तत्काल उद्धार, निरीक्षण र उचित राहतका लागि पहल गरिदिन जोडदार आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ