एनआईसी एशिया बैंकले बालकोटको बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर सहयोग
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
177
Shares
काठमाडौं। एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरेको छ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले प्रदान गरिएको यो सहयोग मिति २०८३ आषाढ २२ गते एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष जनार्दन खड्का र प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका छन्।
हाल १७० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा शिक्षक, शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा यो सहयोग हस्तान्तरण गरिएको थियो।
बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र सूचना प्रविधि क्षेत्रमा पहुँच विस्तार गर्न सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।