arrow

सम्पत्ति शुद्धीकरण मुद्दा

एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
bishnu-poudel-83-3-15 (4).jpg

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार अनुसन्धान प्रयोजनका लागि चौथो पटक पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।

व्यवसायी दीपक भट्टसँगको शङ्कास्पद कारोबार र कनेक्टिभिटी देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। यसअघि अदालतबाट तोकिएको ६ दिनको म्याद सकिएपछि पनि अनुसन्धान नसकिएको भन्दै विभागले थप समय माग गरेबमोजिम अदालतले पुनः पाँच दिनको म्याद थपेको हो। आरोपी पौडेललाई हाल ललितपुर प्रहरीको न्यायिक हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ