arrow

नेपाल औषधि ब्यवसायी संघ राप्तिको अध्यक्षमा वुढामगर

logo
शरद रेग्मी,
प्रकाशित २०७३ फागुन २८ शनिबार
med.jpeg
तुलसीपुर। नेपाल औषधि ब्यवसायी सघ राप्ति अंचलको अध्यक्षमा भुवनेश्वर वुढा मगर निर्विरोध चयन भएका छन् । शुक्रबार भएको संघको ८ औ अधिवेशन तथा साधारण सभाबाट मगर ३ वर्षिय कार्यकालका लागी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरि अधिवेशनबाट थोक उपाध्यक्षमा युवराज धिताल र खुद्रा उपाध्यक्षमा बिष्णु पौडेल चयन भएका छन् ।
 
 त्यसैगरि संघको महासचिवमा पाल्पालि मेडिकलका संचालक युवा ब्यवसायी राजेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै समितिको सचिवमा निम कुमार रावत , कोषाध्यक्षमा प्रभात घिमिर र उपकोषाध्यक्षमा गिरीराज न्यौपाने चयन भए । यस अघि भएको अधिवेशन उदघाटनका अवसरमा बोल्ने बक्ताहरुले औषधि ब्यवसायीहरु एक भएर अगाडि वढदा सवैको हित हुने बताएका थिए । औषधि ब्यवसाय संवेदनशिल ब्यवसाय भएको भन्दै नाफाका साथै सेवाको भावनाले ब्यवसाय गर्नु पर्नेमा जोड दिएका थिए । 
 
निर्वतमान अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष यम प्रसाद गुप्ताको प्रमुख आतित्थ्यतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल ,पुर्व अध्यक्षद्धय मदन धिताल , तारा बहादुर थापा , रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी , ब्यवसायीहरु बालकुमार घर्ति , दामोदर पौडेल लगाएतकाले बोल्नु भएको थियो । सो अवसरमा सघको सांगठनिक प्रतिवेदन महासचिव राजेन्द्र श्रेष्ठले र आर्थिक प्रतिवेशन कोषाध्यक्ष प्रभात घिमिरेले प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ