प्रतिनिधि सभा बैठकमा गणेश नेपालीको मृत्युले बदलियो माहोल [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
720
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ। सिंहदरबारस्थित संसद् भवनमा जारी बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू सदनसमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
जसमा निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन (२०८१/०८२), राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (२०८१/०८२) र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन (२०८१/०८२) रहेका छन्।
प्रतिवेदनहरू पेस गरिसकेपछि प्रधानमन्त्री साहकै तर्फबाट कानुन मन्त्री सोविता गौतमले 'राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछिन्।
यसैगरी बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले श्रम र रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरू अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ। मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
साथै, उनले अन्तर्राष्ट्रिय श्रम सङ्गठनकै श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् र उक्त महासन्धिलाई अनुमोदन गरियोस् भनी दुईवटा छुट्टाछुट्टै प्रस्तावहरू सदनमा पेस गर्ने कार्यसूची तय गरिएको छ।
यद्यपि गणेश नेपालीले पेट्रोल खन्याएर सडकमै गरेको आत्मदाहपछि माहोल बदलिएको छ । बालेन सरकारले गरिबदेखि धनीको अभिभावक बनेको बताइरहँदा गरिब मार्ने नीति लिएको भन्दै चर्को आलोचना खेप्नु परेको छ ।