राष्ट्रिय सभामा पनि बदलियो गणेश नेपालीको मृत्युले माहोल, बालेन सरकारको चर्को आलोचना [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
722
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बसिरहेको छ । संसद् भवनमा जारी बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूबाट उत्तर दिने कार्यसूची रहेको छ।
जसअनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछिन् ।
यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले पनि आफ्नो मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची तय गरिएको छ।
बैठकको उत्तरार्धमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची छ। उक्त प्रतिवेदनमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन् भने सो क्रममा उठाइएका जिज्ञासा र सुझावहरूका सम्बन्धमा सरकारका तर्फबाट जवाफ दिइने संसद् सचिवालयले जनाएको छ।
यद्यपि गणेश नेपालीले पेट्रोल खन्याएर सडकमै गरेको आत्मदाहपछि माहोल बदलिएको छ । बालेन सरकारले गरिबदेखि धनीको अभिभावक बनेको बताइरहँदा गरिब मार्ने नीति लिएको भन्दै चर्को आलोचना खेप्नु परेको छ ।
यसले राष्ट्रिय सभामा पनि माहोल बदलिएको छ । सांसदहरूले सरकारमाथि गम्भीर प्रश्न खडा गरेका छन् । घटनाको निन्दा र भर्सना गरिएको छ ।