arrow

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
bhumika-limbu-26-03.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु प्रकरणको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मोटरसाइकल पार्किङ गरेको विषयमा १० हजार रुपैयाँ जरिबाना असुली गरिएकै कारण अत्यधिक मानसिक तनाव सिर्जना भई गणेश नेपाली आत्मदाहको निर्णयमा पुगेको आफन्तको भनाइ रहेको उल्लेख गरिन् ।

उनले यो घटना एउटा व्यक्तिको मृत्युमा मात्र सीमित नरही राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथि गम्भीर प्रश्न उठाएको बताइन्।

सरकारले नागरिकप्रति जिम्मेवार र संवेदनशील व्यवहार गर्न नसक्दा यस्तो दुःखद अवस्था सिर्जना भएको आरोप पनि लगाइन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्।

सुब्बाले भनिन्, “मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिबाना गरी अत्यन्तै तनाव दिएको कारण आत्महत्याको निष्कर्षमा पुगेको गणेश नेपालीको आफन्तको भनाइ छ ।

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ। यो मृत्यु केवल एउटा व्यक्तिको मृत्यु होइन, राज्यको संवेदनशीलता, उत्तरदायित्व र सामाजिक विवेकमाथिको गम्भीर प्रश्न पनि हो। घटनाको छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न म जोडदार माग गर्दछु।”

यस क्रममा उनले प्रधानमन्त्री वालेन्द्र साह बालेन संसद्प्रति जवाफदेही बन्न नसकेको आरोप लगाउँदै सरकारले घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ