arrow

गणेश नेपाली प्रकरण छानबिन गर्न डीआईजी थपलियाको संयोजकत्वमा समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
sudhan-gurung-parliament-83-3-26.jpg

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको छ । 

गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका हुन् । 

उनले सोधपुछका लागि काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जनाए । 

उनले सो क्रममा गणेश नेपालीको बाइकमा नेपाल प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको जानकारी दिए । 

सो क्रममा उनले तीन तहका सरकार रहेको र संघीय सरकारमात्रै रास्वपाको रहेको बताउँदै संसदमा सांसदहरूलाई संविधान पढाृउन आएको बताए । 

आक्रोश र पीडा दुवै मिसिएको भावमा संवोधन गर्दै मन्त्री गुरुङले सांसदहरूलाई यथार्थ नबुझी घोँक्रो नसुकाउन आग्रहसमेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ