arrow

विश्वकपमा अर्जेन्टिना र स्वीट्जरल्याण्ड मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २८ आइतबार
wcf-2026-argentina-switzerland.jpg

काठमाडौँ । विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा अहिले अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिडिरहेका छन् । 

अमेरिकाको एरोहेड स्टेडियममा खेल भइरहेको हो । खेलको १० मिनेटमै गोल गर्दै अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको छ । 

लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेड गोल गरेका हुन् । उनको यो विश्वकपमा पहिलो गोल हो ।

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उृपाधि जितेर कीर्तिमान राख्न चाहन्छ । 

लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले शानदार प्रदर्शन गर्दै आइरहेको छ । मेस्सीले यो विश्वकपमा ८ गोल गरिसकेका छन् । 

अर्जेन्टिना चौथो पटक विश्वकप जित्ने अभियानमा रहेको छ भने स्वीट्जरल्याण्ड चौथो पटक क्वार्टरफाइनल खेलिरहेको छ । 

विजेताले सेमिफाइनलमा इङ्गल्याण्डसँग खेल्नेछ । बिहान भएको क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराएको थियो । 

पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन  भिड्ने छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ