गृहमन्त्री गुरुङले मिटरब्याज पीडितसँग गरे निजगढमा वार्ता [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
345
Shares
निजगढ । मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरुलाईघ भेट्न गृहमन्त्री सुदन गुरुङ निजगढ पुगेका छन्।
यात्राको छैटौँ दिन नेपाल सरकारको तर्फबाट वार्ताका लागि गृहमन्त्री त्यहाँ पुगेका हुन्। निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरुले बताएका छन् ।
दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका छन् । गृहमन्त्रीले उनीहरुका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन् ।