arrow

बैठक छाडेर मुख्यमन्त्रीलाई राजीनामा

कर्णालीमा सत्ता उलटफेर: कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

कांग्रेसका चार मन्त्री बाहिरिएसँगै सत्ता समीकरण भत्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
congress-karnalai-leader.jpg

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा ठुलो राजनीतिक उलटफेर भएको छ। बुधबार मुख्यमन्त्री यामलाल कँडेलले बोलाएको मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका सत्ता साझेदार नेपाली कांग्रेसका मन्त्रीहरू बैठक नै बहिष्कार गरी सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएका छन्। 

मन्त्रिपरिषद् बैठकका लागि कार्यकक्षमा पुगेका मन्त्रीहरूले बैठकमा सहभागी हुनुको साटो सिधै मुख्यमन्त्री कँडेललाई आफ्नो राजीनामा पत्र बुझाएर बाहिरिएका थिए। अकस्मात सामूहिक राजीनामा दिनुको आधिकारिक कारण पूर्ण रूपमा बाहिर नआए पनि सरकार सञ्चालन र नीतिगत निर्णयहरूमा लामो समयदेखि देखिँदै आएको मतभेदकै कारण कांग्रेस सरकारबाट बाहिरिएको बताइएको छ।

वि.सं. २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच बनेको संयुक्त गठबन्धन सरकारमा कांग्रेसको तर्फबाट चार जना मन्त्रीहरू सहभागी भएका थिए। यसरी राजीनामा बुझाउनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा रहेका छन्। 

नेपाली कांग्रेसका मन्त्रीहरूको यो अप्रत्याशित बहिर्गमन र सामूहिक राजीनामासँगै कर्णाली प्रदेशमा मौजुदा सत्ता समीकरण भत्किएको छ भने नयाँ राजनीतिक समीकरणको बहस र जोडघटाउ सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ