arrow

राष्ट्रिय सभा बैठक [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक केही बेरअघिदेखि जारी छ।  संसद् भवनमा शुरू भएको आजको बैठकका लागि संक्षिप्त कार्यसूची तय गरिएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने मुख्य कार्यसूची रहेको छ। 

नेपालको संविधानको व्यवस्था बमोजिम महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संसद्का दुवै सदनमा पेस गरिने कानुनी प्रावधान अनुरूप आज सो प्रतिवेदन राष्ट्रिय सभामा टेबुल हुन लागेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ