अदिस अबाब । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । घटनामा केही मानिस पुरिएर वेपत्ता भएका छन् ।
५० वर्ष बढी समयदेखि फोहोर थुपारिँदै आएको उक्त स्थान फोहरकै पहाड बनेको थियो । पहिरोमा मारिने र पुरिने सबै अस्थायी घर बनाएर बस्दै आएका मजदुर हुन् ।
मजदुरहरु बस्दै आएका थिए ।
पहिरो गएका बेला त्यहाँ १ सय ५० जना मानिस रहेको बताइएको छ ।