अष्टलक्ष्मी शाक्यको मुटुको शल्यक्रिया, आईसीयूमा उपचार हुँदै
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
158
Shares
काठमाडौँ । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुमा समस्या देखिएपछि आकस्मिक रूपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ।
ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान उहाँको सफल शल्यक्रिया गरिएको हो।
शल्यक्रिया पश्चात् हाल नेत्री शाक्यलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ।
अस्पतालका मुटुरोग विभागका प्रमुख डा. अशोक अधिकारीका अनुसार आज बिहान अचानक छाती दुखेपछि शाक्यलाई अस्पताल ल्याइएको थियो।
अस्पतालमा विस्तृत परीक्षण गर्दा उनलाई ‘हार्ट अट्याक’ (एक्युट मायोकोर्डियल इन्फरक्सन) भएको पुष्टि भएलगत्तै चिकित्सक टोलीले आकस्मिक रूपमा एन्जियोप्लाष्टी गर्ने निर्णय लिएको हो।
उनको शल्यक्रियामा मुटुरोग विशेषज्ञहरू डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीसहितको विशेष टोली संलग्न रहेको थियो। अस्पताल प्रशासनका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ।