arrow

प्रधानमन्त्री साहले भेटे गभर्नर पौडेललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
pmo-susila-new-new.jpg
तस्बिर फाइल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा उनीहरूबीच मुलुकको वर्तमान आर्थिक अवस्था, सेयर बजार (नेप्से) को प्रवृत्ति, बैंकिङ तथा समग्र वित्तीय क्षेत्रको सुधार र आगामी मौद्रिक नीतिका प्राथमिकताका विषयमा गहन छलफल भएको छ।

प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार वित्तीय स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन चालिनुपर्ने कदमहरूका बारेमा प्रधानमन्त्री र गभर्नरबीच सकारात्मक कुराकानी भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ