arrow

रहेनन् पूर्वमन्त्री फत्तेसिंह थारू

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
fatte-singh-tharu.jpg

राँझा । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता फत्तेसिंह थारूको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ । विसं १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका नेता थारूको हृदयघात भइ वेस्टर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार नेता थारूको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ । 

राप्रपा नेता तेजविक्रम शाहका अनुसार, नेता थारू २०३८ साल र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए ।  विसं २०५१ मा उनी बाँके निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

नेता थारू शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग र वाणिज्यलगायत गरी सात पटक मन्त्री भएका थिए ।

नेता थारुले २०२३ सालमा बाँकेको हस्नापुर गाउँपञ्चायतको प्रधानपञ्च भएर राजनीति आरम्भ गरेका थिए । उनी तीन पटक बाँके जिल्ला पञ्चायतको सभापतिसमेत भएका थिए । नेता थारूका दुई श्रीमती तथा चार छोराछोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ