arrow

तोलामा ३१ सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तीन हजार एक सय र चाँदीको एक सय २५ रुपैयाँले घटेको छ। 

मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  

यता, बिहीबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार घटेर चार हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ