arrow

विश्वकप फाइनलको मध्यान्तरसम्म स्पेन हावी, ६५ प्रतिशत नियन्त्रणमा बल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
argentina-spain-04-04.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको न्यूयोर्क-न्यूजर्सी स्टेडियममा जारी उपाधि भिडन्तमा दुवै टोलीले उत्कृष्ट र अनुशासित प्रदर्शन गरे पनि पहिलो ४५ मिनेटमा गोल निकाल्न सकेनन्।

खेलमा मध्यान्तरसम्म स्पेनले बल नियन्त्रणमा लिएको छ । स्पेनले ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्न सफल भएको हो । दुई ओटा प्रहार गोलका लागि गरेको थियो । अर्जेन्टिनाले भने एउटा पनि प्रहार गर्न सकेन । 

स्पेन आफ्नो परम्परागत रातो जर्सी, निलो सर्ट्स र रातो मोजामा मैदान उत्रिएको छ भने अर्जेन्टिना आकाशे निलो–सेतो धर्के जर्सी, सेतो सर्ट्स र सेतो मोजामा खेलिरहेको छ।

खेलको सुरुआतदेखि नै दुवै टोलीले सतर्क रणनीति अपनाएका थिए। स्पेनले बलमाथि नियन्त्रण कायम राख्दै आक्रमण बुन्ने प्रयास गर्यो भने अर्जेन्टिनाले तीव्र काउन्टर आक्रमणमार्फत अवसर सिर्जना गर्ने रणनीति अपनायो।

दुवै टोलीले केही राम्रा अवसर बनाए पनि विपक्षी गोलरक्षक र रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनका कारण पहिलो हाफमा गोल हुन सकेन।

विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको यो फाइनललाई अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको विशेष प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। विश्वभरका करोडौं फुटबल समर्थकको ध्यान यस ऐतिहासिक खेलमा केन्द्रित रहेको छ।

अब दोस्रो हाफमा दुवै टोली उपाधिका लागि निर्णायक संघर्षमा उत्रिनेछन्। यदि निर्धारित ९० मिनेटसम्म पनि नतिजा ननिस्किए खेल अतिरिक्त समयमा जानेछ र त्यसपछि पनि बराबरी रहे पेनाल्टी सुटआउटबाट विश्वविजेताको टुंगो लाग्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ